वेबसाइट व्यवस्थापन, तथा ई-हाजिरी प्रणाली सञ्चालन सम्बन्धी तालिम
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (OCMCM) ले वेबसाइट व्यवस्थापन, तथा ई-हाजिरी प्रणाली सञ्चालन एवं व्यवस्थापन सम्बन्धी तीन-दिने तालिम कार्यक्रम सम्पन्न गरेको छ। यस तालिमको समग्र उद्देश्य प्रदेश सरकारका मन्त्रालय तथा आयोगमा कार्यरत सूचना प्रविधिसंग सम्बन्धित कर्मचारीहरूलाई डिजिटल प्रणालीहरूको व्यावहारिक प्रयोग, वेबसाइटको नियमित अद्यावधिक गर्नुका साथै ई-हाजिरी प्रणाली सञ्चालन एवं व्यवस्थापन बारे ज्ञान र सीप अभिवृद्धि गर्नु रहेको थियो । आषाढ २-४ गते सम्म संचालन भएको उक्त तालिममा प्रदेश सरकारका मन्त्रालय तथा आयोगका २९ जना कर्मचारीहरूको सहहभागिता रहेको थियो।